च्याम्पीयन्स लिगको नकआउट चरणको लागि म र मेरो टोली तयार छ : रोनाल्डो

0
75
#

मंसिर २७,

काठमाडौं : योङ ब्वाइज विरुद्ध २–१ ले हारेरपनी समूह विजेताको हैसियतमा युभेन्ट्स च्याम्पीयन्स लिगको नकआउट चरण पुगेको छ ।

समुह चरणको अन्तिम खेलमा हारका बावजुद रोनाल्डोले च्याम्पीयन्स लिग प्रतियोगिताको ‘सुन्दर चरण’ को लागि आफु र आफ्नो टोली तयार रहेको बताएका छन् ।

उनि भन्छन् , ‘अब च्याम्पीयन्स लिगको सुन्दर चरण सुरु भयो, हामी यसको लागि पूर्ण रुपमा तयार हुनेमा म विश्वस्त छु । ’ उनले थपे, ‘म अहिले शान्त छु । किनभने मेरो टोलीको क्षमतासँग म पूर्ण रुपमा जानकार छु । ’

योङ ब्वाइज विरुद्धको खेल अघिनै नकआउट चरणमा स्थान पक्का गरेको युभेन्ट्सले अप्रत्यासित नतिजा व्योहोरेपनि यसले आगामी खेलमा प्रभाव नपार्ने रोनाल्डोको भनाइ रहेको छ ।

उनले भने, ‘मैले उक्त खेलमा सजिलै केहि गोल गर्न सक्ने थिए, तर यो फुटबल हो । अब हामीले आगामी खेलमा ध्यान दिनु उपयुक्त हुन्छ । ’

रियल मेड्रिडलाई लगातार ३ वर्ष नै च्याम्पीयन्स लिगको उपाधी जित्दा रोनाल्डो नै उक्त क्लबको मुख्य खेलाडि थिए । युभेन्ट्सले पनि यो वर्षको च्याम्पीयन्स लिगको उपाधी नै जित्ने उद्देश्यले पनि रोनाल्डोलाई किर्तिमानी मूल्यमा इटाली भित्र्याएको थियो ।

सोही कारण पनि रोनाल्डो यस प्रतियोगिताको महत्वपूर्ण चरणको पर्खाइमा रहेको बुझिएको छ ।

LEAVE A REPLY