काठमाण्डौँका भट्टिमा जुठो खाने कुरा कुहाएर मदिरा उत्पादन गर्ने गरेको खुलासा

0
50
#

फागुन १३,

काठमाडौँ : लोकल रक्सिका पारखीहरुका लागि जानकारी होस्, काठमाण्डौँका भट्टिमा पाईने मदिरा सुंगुरको चारोवाट बनाइन्छ । काठमाडौमा होटल एवं पार्टी प्यालेसवाट संकलन गरिएको जुठो खाने कुरा कुहाएर मदिरा उत्पादन गर्ने गरेको रहस्य सार्वजनिक भएको छ ।

महानगरी प्रहरी प्रभाग बलम्वुले चन्द्रागिरि नगरपालिका ८ बाट १२ हजार ४ सय लिटर घरेलु मदिरा बरामद गरेपछि यो रहस्य सार्वजनिक भएको हो ।

चन्द्रागिरि नगरपालिका वडा नम्वर ८ कञ्चन वस्तीको एउटा घरमा फोहर जुठोबाट घरेलु मदिरा बनाइन्छ भन्ने सूचनाको आधारमा प्रहरीले छापा मार्दा उक्त परिणाम सहितको मदिरा बनाउने कारखाना नै फेला परेको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख कुमार विक्रम थापाले बताए ।

‘घरेलु रक्सी (मदिरा) उत्पादन हुँदैछ भन्ने सूचना आयो, त्यहि सूचनाका आधारमा खोज तलास गर्दा त, यहाँका तीन वटा घरमा संगठित रुपमा फ्याकिँएका जुठा फोहर खानेकुराबाट रक्सी उत्पादन गरि विक्रिवितरण गरेको पायौं ।’ उनले भने ।

तिन ओटा सुविधा सम्पन्न घरबाट घरेलु मदिरा, मदिरा बनाउने कच्चा पदार्थ र बनाउन प्रयोग हुने दुई ट्रक सामग्री बरामद गरिएको थियो । प्रहरी निरिक्षक खड्काका अनुसार त्यहाँ विभिन्न पाटी प्यालेस, विवाहको भोज भतेर बाट सुंगुर बंगुरलाई खुवाउन (चारो) उठाईएको फोहर अवैध मदिरा बनाउन प्रयोग भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घरेलु मदिराका कारण समाजमा विभिन्न खालका समस्याहरू हुने गरेको गुनासो बढेपछि सरकारले घरेलु मदिरा किनबेच तथा उत्पादनमा कडाइ रोक लगाएको छ ।

महानगरीय प्रहरी प्रभाग बलम्वु र प्रहरी वृत्त थानकोटको टोलीले बिहिबार बरामद भएको १२ हजार ४ सय लिटर तयारी घरेलु मदिरा र ४ हजार किलो मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको छ । प्रहरीले बरामद मदिरा स्थानीय ढलमा फ्याँकेको थियो ।

LEAVE A REPLY