प्रेमीसँग मिलेर आफ्नै छोरीको हत्या गर्ने आमा र उनका प्रेमीलाई जन्मकैदको फैसला

0
103
#

फागुन १८,

राजविराज : प्रेमीसँग मिलेर आफ्नै डेढ वर्षीया अबोध छोरीको हत्या गर्ने आमा र उनका प्रेमीलाई अदालतले जन्मकैद फैसला सुनाएको छ । १२ साउन २०७३ मा पति सूर्यनारायणको सम्बन्धबाट जन्मिएकी डेढ वर्षीया छोरी प्रमिलाको हत्या गरेको अभियोगमा सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुर निवासी रानीदेवी मण्डल र उनका प्रेमी सोही गाउँपालिका निवासी शिवशंकर मालीलाई सप्तरी जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो ।

प्राप्त घटना विवरणअनुसार पति सूर्यनारायण मण्डल रोजगारीको सिलसिलामा विदेशमा रहेका बेला रानी छिमेकी शिवशंकर मालीसँग प्रेम सम्बन्धमा गाँसिएकी थिइन् ।

प्रेम सम्बन्ध गहिरिँदै गएपछि पति सूर्यनारायण मण्डलबाट जन्मिएकी छोरी प्रमिलालाई रानी र उनका प्रेमी शिवशंकर मिलेर हत्या गरी खाँडो खोलामा बगाएका थिए ।

सूर्यनारायणको जाहेरीले नेपाल सरकार र प्रतिवादी शिवशंकर र रानी भएको कर्तव्य ज्यान मुद्दामाथि शुक्रबार भएको सुनवाइमा न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले सो फैसला गरेको हो । शिवशंकर र रानी मिली डेढ वर्षीया प्रमिलाको हत्या गरी खाँडो खोलामा बगाएको पुष्टि भएको र शव लुकाउने नियतसमेत देखिएकाले जन्मकैदसँगै थप ६ महिना कैद सजाय हुने ठहर गरिएको फैसलामा उल्लेख गरिएको छ ।

LEAVE A REPLY