दार्चुलामा भएको जीप दुर्घटनामा ज्यान गुमाएकाहरू प्रति प्रचण्डद्वारा श्रद्धान्जली व्यक्त

0
66
#

फागुन १८,

काठमाडौं : दार्चुलामा ११ जनाको ज्यान जारी गरी शुक्रवार राति भएको दुर्घटनाबाट आफू मर्माहत भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाएका छन् ।

शनिवार एक समवेदना वक्तव्य जारी गर्दै प्रचण्डले दुर्घटना न्यूनीकरणका लागि सडकको अवस्था सुधार्न समेत माग गरेका छन् ।

दिवंगत यात्रुप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । दुर्घटनामा निधन भएका व्यक्तिका परिवारजनलाई क्षतिपूर्ति दिन समेत अध्यक्ष प्रचण्डले माग गरेका छन् ।

हेर्नुस् समवेदना वक्तव्यको पूर्णपाठ :-

समवेदना वक्तव्य

दार्चुला जिल्लाको तिंकर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति जिप दुर्घटनामा परी ११ जनाको मृत्युको खबरले अत्यन्त मर्माहत भएको छु । उक्त दुर्घटनामा परी निधन हुनुभएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु । 

दुर्घटनामा परी निधन हुनुभएका परिवारजनलाई उचित क्षतिपूर्तिको माग गर्दै नेपालका पहाडी भू–भागहरुमा भइरहेका यसप्रकारका सडक दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित सबैमा आग्रह गर्दछुु । 

सवारी क्षमताभन्दा बढी यात्रु बोक्ने र सडकको अवस्था विचार नै नगरी यातायात सञ्चालनको अनुमति दिँदा यसप्रकारको दुर्घटना भई जनधनको क्षति भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदछु । देशैभरिका सडकहरूको स्तरोन्नति गरी सुरक्षित सडकको रुपमा विकास गर्न सरकारसँग आग्रह गर्दछु ।

प्रचण्ड
अध्यक्ष
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

LEAVE A REPLY