नववर्ष २०७६ को हार्दिक मंगलमय शुभकामना! हर पाइलामा सफलताले पाइला चुमी रहोस् ।

0
124
#

मन्दिरका घण्टहरुमा, चर्चका चुचुरहरुमा, गुम्बाका गुम्बजहरु देखि मस्जिद अनि दरगाहहरुमा नयाँ वर्षले प्रार्दुभाव गर्दैछ । जे भयो भयो, नराम्रोले सिकाएर गयो, जे भयो राम्रो त्यसले सजाएर गयो कि कसो ? अबको वर्ष शुभ हुन्छ, सही हुन्छ अनि कल्याण्कारी हुन्छ, हाम्रो विश्वाश छ है ।

फूलेका आँप, लिच्ची, दाना बसेका नासपातीका हाँगाहरु, लहलहाँउदा गहुँका बालाहरुसंगै बसन्त आगमनको सूचक स्वरूप कुहु-कुहु गरेका सुन्दर काली कोइलीका सुमधूर गीतले पनि सबैलाई नव वर्षको शुभकामना सन्देश प्रवाह गरेझै लाग्छ । गत वर्षको तिता-मिठा यादहररूलाई याद मात्रै बनाउँदै भित्ताका क्यालेण्डरहरु पुराना भए, हात-हातमा भएका मोबाइलले डिजिटल क्यालेण्डरका रूपमा अपडेटेड ‘हाम्रो पात्रो’ यहाँहरूकालागि बि.सं. २०७६ का विशेष पारम्परीक चाडवाड, वैदिक कर्मकाण्डि, सामाजिक, राजनीतिक तथा सरकारी सम्पूर्ण आधिकारीक जानकारीका साथ उपलब्ध छ । यहाँहरूले एप्लिकेशनका लागि देखाउनुभएको हाैसलापूर्ण संलग्नता र सल्लाह सुझावले हामी हाम्रा तमाम प्रयोगकर्ताहरूप्रति कृतज्ञ छाैं । बि.सं. २०७६ ले गज्जबसँग सम्पूर्ण नेपालीजनका असल सोंचहरूलाई सफलताका सगरसम्म डोर्‍याओस्, फलोस फुलोस अनि फक्रिओस् ।

LEAVE A REPLY